म्यानमारः सैनिक कूको विरोध प्रदर्शनमा गोली चल्यो

एजेन्सी। म्यानमारमा सैनिक कू भएपछि त्यसको चर्को विरोध भइरहेको छ। गत फेब्रुअरी १ तारिखमा सेनाले सत्ता हातमा लिएको विरोधमा हजारौँ प्रदर्शनकारीहरुले म्यान्मारका विभिन्न शहरमा प्रदर्शन गरिरहेका छन्।

राजधानी याङ्गुनमा सवारी चालकहरुले गाडी तेर्साएर सडक अवरुद्ध पारेका छन्। अवज्ञाका कार्यक्रम म्यान्डलेमा सुरक्षा अधिकारीहरुले रेलवे स्टेसन नजिकै गोली चलाएका छन्।

जसमा कम्तीमा एक जना घाइते भएको बीबीसीले लेखेको छ। प्रदर्शनकारीहरुले नेतृ आङ सान सूचीसहित अन्य निर्वाचित नेताहरुको रिहाइको माग गरिरहेका छन्।

सेनाले त्यहाँ फेरि निर्वाचन गराउने वाचा दोहोर्याए पनि संशय व्यक्त भइरहेको छ। संयुक्त राष्ट्रसंघले म्यानमारका लागि विशेष प्रतिवेदकले त्यहाँ सेना हिंसामा उत्रन सक्ने जनाएसँगै पछिल्ला घटनाक्रमहरु अघि आएका छन्।

अन्य सम्बन्धित समाचार:  पानीबाट कोरोना फैलिँदैन, डराउनु पर्दैन: भारतीय वैज्ञानिक