चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई ज्यान मार्ने धम्की

काठमाडाैं। परिचित/अपरिचित समूहले एक महिनायता ज्यान मार्ने धम्की दिन थालेको भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले सुरक्षाको माग गरेका छन् ।

मेडिकल कलेजलाई सम्बन्धन र स्नातकोत्तर तह (पीजी) को एकीकृत प्रवेश परीक्षालगायतका विषयमा उक्त समूहले धम्की दिने गरेको गिरीले बताए ।

अन्य सम्बन्धित समाचार:  भारतसँग जोडिएका सबै सीमा नाका बन्द, आवतजावतमा ठप्प