काठमाडौं। प्रतिनिधिसभा विघटन विरुद्द सर्वोच्च अदालतमा परेका रिटहरुश्रमाथि एमिकर क्यूरकिो राय राख्न क्रम आज पनि जारी रहनेछ। गत मंगलवारबाट शुरु भएको एमिकस क्युरीको बहसको पहिलो दिन वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले र दोस्रो दिन बुधवार वरिष्ठ अधिवक्ताहरु सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका थिए।
बुधबार भएको बहसमा खरेल र मैनालीको राय बाझिएको थियो । खरेलले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको तर्क प्रस्तुत गरेका थिए भने मैनालीले भने संसद विघटन प्रधानमन्त्रीको अधिकार भएको तर्क गरेका थिए।
अब आज एमिकस क्युरीका बाँकी अधिवक्ताहरुले बहसमा भाग लिने छन्। एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरु बद्रीवहादुर कार्की, विजयकान्त मैनाली ,सतीशकृष्ण खरेल पूर्णमान शाक्य र गीता संग्रौला रहेका छन्।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए।