सिद्धबाबा मुद्दाः पुनरावेदनमा जाने सरकारी वकिलको तयारी

विराटनगर। सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्दामा भएको फैसलाको पूर्ण पाठ आएपछि सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ।

बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीबाट सफाइ पाउने फैसला भएको दुई महिनापछि बिहीबार पूर्ण पाठ आएको हो । पूर्ण पाठ आएपछि जिल्ला सरकारी वकिलको कार्यालयले फैसलाको पुनरावेदनका लागि उच्च अदालत विराटनगरमा निवेदन दर्ता गर्ने तयारी गरेको हो । पुनरावेदन गर्ने समय भएकाले फैसलाको अध्ययनपछि निर्णय गरिने जिल्ला न्यायाधिवक्ता नारायण रिमालले बताए ।

त्रि-दण्ड धारण गरेकाले आफू स्त्री र अग्निबाट टाढा रहने बताउँदै आएका विवादास्पद धर्मगुरु गिरीले महिलाले शरीर समर्पण गरेपछि करणी गरेको तर्कसहित न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले बलात्कार नठहर्ने फैसला सुनाएको थियो ।

अन्य सम्बन्धित समाचार:  अदुवाको भाउ घटेपछि किसानमा निराशा

२०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको आरोपमा ३८ दिनपछि २०७६ मंसिर ११ गते जाहेरी दर्ता भएको थियो ।