काठमाडौं। कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतको अवहेलना सम्बनिध मुद्दाको लिखित जवापल लिएर सर्वोच्च अदालत जाँदैछन्।
कामचलाउ प्रधानमन्त्री ओली बिहान साढे ११ बजे लिखित जवाफ लिएर सर्वोच्च जान लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले ओलीविरूद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए। विचाराधीन मुद्दामा टिप्पणी गरेको, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई एक जना बाजे वकिल लगायत ओलीले टिप्पणी गरेका थिए।
सर्वोच्च अदालतले ओलीलाई सात दिनभित्र आफैँ आएर लिखित जवाफ लिएर आउन आदेश दिएको थियो। ओली सर्वोच्च जाने भएपछि सुरक्षा व्षवस्था कडा पारिएको छ । सर्वोच्च परिसरमा कामचलाउ प्रधानमन्त्री ओलीका सुरक्षाकर्मीहरू तैनाथ छन्।