काठमाडौं। बिहीबार सुनको मुल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मुल्य तोलामा ६०० रुपैंयाले घटेको हो।
बुधबार प्रतितोला ८९ हजार ८०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ६०० रुपैंयाले घटेर प्रतितोला ८९ हजार २०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ।
बिहिबार तेजावी सुनको मुल्य ८८ हजार ७५० रुपैंयामा कारोबार हुनेछ।
यस्तै चाँदीको मुल्य पनि तोलामा ५ रुपैंयाले घटेको छ। हिजो १३ सय ४० रुपैंयामा कारोबार भएको चाँदीको मुल्य आज तोलाको १३ सय ३५ रुपैंया रहेको महासंघले जनाएको छ।