प्रहरीलाई कुटपिट गरेको अभियोगमा ३ जना पक्राउ

सामूहिक

मोरङ। प्रहरीलाई दूव्र्यवहार गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर महानरपालिका रेलवे स्टेसनबाट १९ वर्षीय सन्जिब कुमार यादब समेत ३ जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

विशेष कामले को २३ प २११६ नम्बरको मोटरसाइकलमा सवार २ जना प्रहरी कर्मचारीहरुलाई स्थानीय केटाहरुले सरस्वतीको मूर्ति बिसर्जन गर्दै गरेको अवस्थामा उक्त मोटरसाइकल रोकी चाबी खोसी कुटपिट गरी दूव्र्यवहार गरेपछि ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक सर्‍यो