धादिङमा बस दुर्घटना: ८ जना घाइते

धादिङ। धादिङवेशी सल्यानटार सडक खण्ड अन्तरगत नीलकण्ठ नगरपालिकाको वडा नं ८ पाल्पा भन्ज्याङ नजिक यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन्। जिल्लाको ज्वालामुखी गाउँपालिकाको वडा नं ६ काउलेडाँडाबाट धादिङवेशीतर्फ आउँदै गरेको बा ४ ख ४१५२ नम्बरको बस पाल्पाभन्ज्याङ नजिक सडकमै पल्टिएको हो।

उक्त दुर्घटनामा ज्वालामुखी गाउँपालिका वडा नं ७ को हरिमाया गुरुङ, ज्वालामुखी गाउँपालिकाकै वडा नं ६ का विकास श्रेष्ठ, रिदम नगरकोटी, यम श्रेष्ठ, सिता मानन्धर, सीमा मानन्धर, लक्ष्मी गुरुङ, अनन्य लिम्वु घाइते भएका छन्। घाइतेमध्ये रिदम नगरकोटीको खुट्टामा गम्भीर समस्या देखिएकाले उनलाइ जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागी काठमाण्डौ ट्रमा सेन्टर पठाइएको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  गुडिरहेको मालवाहक ट्रकमा आगलागी

बसका चालक र बसधनी प्रहरी सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ। बस सडकमै पल्टिएपछि धादिङवेशी सल्यानटार सडक अवरुद्ध भएको हो।