काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै हाल सम्म देशभर २ लाख ७३ हजार १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आज देशभर १११ जना कोरोना संक्रमित निको भएका छन् भने हाल दशभर १ हजार ६०३ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
त्यसैगरी आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म देशभर २ हजार ५८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।