प्रचण्ड–माधव समूहको टुँडिखेल वरिपरि प्रदर्शन

काठमाडौं। प्रतिनिधि सभा विघटनवरुद्ध पुष्पकमल प्रचण्ड माधव समूहको नेकपाले टुँडिखेल वरिपरि प्रदर्शन गरिरहेको छ। प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्दै दाहाल–नेपाल समूहका नेता तथा कार्यकर्ताले बिहीबार टुँडिखेल वरिपरि प्रदर्शन गरेका हुन।

प्रदर्शनमा अनेरास्ववियु, राष्ट्रिय युवा संगठन, अखिल नेपाल ट्रेड युनियन महासंघलगायतका भ्रातृ संगठनको समेत सहभागिता रहेको छ। उनीहरूले प्रतिगमनका विरुद्ध विभिन्न नारा लेखिएका ‘प्लेकार्ड’ लिएर प्रदर्शन गरिरहेका छन्।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भनेपछि पुनः सपथ गराउन माग गर्दै सर्वोच्चमा परेको रिट दर्ता