काठमाडौं। पूर्वी नवलपरासी हुप्सेकोट गाउँपालिका–१ का वडाध्यक्ष चित्रबहादुर कानूको मृत्यु भएको छ। गाउँपालिका लेखाअधिकृत तथा सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीका अनुसार ४५ वर्षीय वडाध्यक्ष कानूको बुधबार बिहान शौचालय जाने क्रममा निधन भएको हो।
बुधबार बिहान ५ बजेतिर एक्कासि लडेका उनलाई हृदयघात भएको हुन सक्ने रेग्गीले जनाएका छन्। घाइते कानूलाई जिल्लाको मध्यविन्दु अस्पताल लगिए पनि केही बेरमै डाक्टरले मृत्यु भएको घोषणा गरेका थिए। वडाध्यक्ष कानूको नारायणी नदीमा लगि बुधबारै दाहसंस्कार गरिएको जनाइएको छ।