काठमाडौं। राष्ट्रिय महिला लिग फुटबल अन्र्तगत स्याङ्जाको वालिङ नगरपालिकाले रौतहटको चन्द्रपुर नगरपालिकालाई ३–० गोलले हराएको छ।
वालिङका लागि हिमा रावत, अमिशा कार्की र र विदेशी खेलाडी मिथो रुथले एकरएक गोल गरका थिए। उक्त जीतसँगै वालिङले १२ खेलमा १७ अङ्क जोडेको छ। चन्द्रपुर ९ अङ्कसहित छैटौँ स्थानमा रहेको छ। उक्त खेल एन्फा मैदान सातदोबाटोमा भएको थियो। राष्ट्रिय महिला लिग फुटबलको उपाधि भने एपीएफले जितिसकेको छ।