आइपिएलमा बिकेनन् सन्दीप

काठमाडौं। नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले २०२१ को आइपिएल खेल्न नपाउने भएका छन्। चेन्नईमा बिहीबार भएको खेलाडीको बोलकबोल (अक्सन) मा सन्दीपलाई कुनै पनि टिम अनुबन्ध गर्न तयार नभएपछि उनी ‘अनसोल्ड’ खेलाडीको सूचीमा परेका हुन्।
सन्दीपको आधारभूत मूल्य ४० लाख भारु थियो।

यसअघि आइपिएलका तीन सिजनमा दिल्ली क्यापिटल्समा अनुबन्ध भएका सन्दीपलाई यसपटक क्लबले रिटेन गरेपछि उनी अक्सनमा सामेल भएका हुन्। आइपिएलको तीन सिजनका नौ खेलमा सन्दीपले १३ विकेट लिएका छन्। सन्दिपले आइपिएलका साथै बिग ब्यासलगायत विश्वका सबैजसो चर्चित क्रिकेट प्रतियोगिता खेलिसकेका छन्।। विश्वमा सर्वाधिक महँगो क्रिकेट प्रतियोगिता मानिने आइपिएलको १४औँ संस्करण आगामी अप्रिलदेखि मेको समयमा हुने तयारी छ।

अन्य सम्बन्धित समाचार:  बी डिभिजन लिग फुटबलमा दुई खेल हुँदै

जुन प्रतियोगिता आइपिएलमा आठ टिमले खेल्ने अन्तिम प्रतियोगिता हो। २०२२ देखि भने आइपिएलमा १० टिमको सहभागिता रहनेछ । आइपिएलका आठ टिमले ‘रिटेन’ (टिममै राख्नु) का साथै खेलाडी ‘रिलिज’ टिमबाट बिदा गर्नु गर्दा राम्रा विदेशी खेलाडीहरु बाहिरिएका थिए । जसले यो पटकको अक्सनमा ठूला खेलाडीमाथि बोली लागेको हो। जहाँ आरोन फिन्च, एलेक्स हेल्स, ज्यासन रोय, स्याम विलिंग्स, अदिल रासिद, मुजिब उल रहमान, हरभजन सिंहजस्ता खेलाडी पनि बिकेका छैनन्।