इरानमा भूकम्प, ४० भन्दा बढी घाइते

काठमाडौं। इरानमा शक्तिशाली भूकम्प आएको छ। भूकम्पमा परी कम्तीमा ४० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन्। देशको पश्चिमी क्षेत्रमा पर्ने सिसाख्त सहरलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प आएको समाचारमा जनाइएको छ।

भूकम्पका कारण भौतिक संरचनाहरुमा समेत ठूलो क्षति पुगेको छ। घर तथा भवनहरु, सडकलगायतका संरचनाहरु भत्किएका छन् भने विद्युत, सञ्चार र पानी वितरणसम्वन्धी सञ्जाल टुटेका छन्। भूकम्पले पु¥याएको सवै क्षतिको विवरण भने संकलनको क्रममा रहेको अधिकारीहरूले जानकारी दिएका छन्।

अन्य सम्बन्धित समाचार:  माल्दिभ्सका सभामुख मोहम्मद नसिद बम विस्फोटमा घाइते