युरोपा लिगः आर्सनल र बेन्फिकाकाे बराबरी

युरोपा लिग अन्तर्गत इंग्लिस क्लब आर्सनल र पोर्चुगीज क्लब बेन्फिकाले बराबरी खेलेका छन्। गएराति अन्तिम ३२ को पहिलो लेग अन्तर्गत भएको खेलमा दुबै टिमले १-१ गोल गरेका हुन्।

बेन्फिकाको मैदानमा भएको उक्त खेलको ५५ औं मिनेटमा पिज्जीले पेनाल्टीमार्फत गोल गर्दै बेन्फिकालाई सुरुवाती अग्रता दिलाए।

त्यसको २ मिनेटपछि अर्थात ५७ औं मिनेटमा आर्सनलका बुकायो साकाले गोल फर्काए। खेलमा थप गोल हुन सकेन। अब दोस्रो लेगको खेल फेब्रुअरी २५ मा आर्सनलको मैदानमा हुनेछ।

अन्य सम्बन्धित समाचार:  ताप्लेजुङमा मेयर र अध्यक्ष कप भलिबल प्रतियोगिता