नागरिक समाजले टुँडिखेल घेर्ने

काठमाडौं। नागरिक समाजको बृहत् नागरिक आन्दोलनले शुक्रबार टुँडिखेल घेर्ने भएको छ। आन्दोलनले टुँडिखेल घेर्दै घोषणापत्र जारी गर्ने भएको जनाएको छ।

बृहत् नागरिक आन्दोलन घोषणापत्र २०७७ नाम दिइएको घोषणापत्र टुँडिखेलमा हुने आन्दोलनबाट सार्वजनिक गर्न लागिएको हो।

साथै समाजले टुँडिखेलमा हुने मार्चमा सहभागी हुन सबैमा आग्रहसमेत गरेको छ। नागरिक आन्दोलन रत्नपार्कबाट सुरु भई भद्रकाली सहिदगेट भएर मार्च पश्चिम गेटबाट टुँडिखेल प्रवेश गर्नेछ।

त्यसपछिको कार्यक्रम मन्तव्य र कविता वाचन हुने समाजले जनाएको छ।

गत माघ २० गतेको नागरिक आन्दोलनपछि पत्रकाररलेखक नारायण वाग्ले, युग पाठक, जेबी विश्वकर्मा, अनुभव अजित, भाष्कर गौतम, उज्ज्वल प्रसाईलगायत नागरिक समाजले आन्दोलनको घोषणापत्र २०७७ तयार पारेका छन्।

अन्य सम्बन्धित समाचार:  सरकार र विप्लव पक्षबीचको पहिलो चरणको वार्ता सकियो

बिहीबार नेकपाकाे प्रचण्ड-नेपाल नेपाल समूहले पनि मानव साङ्लोले टुँडिखेल घेराउ गरेको थियो।