काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएकै मितिमा निर्वाचन गर्न आयोग प्रतिबद्ध रहेको बताएका छन्। पाँचौं निर्वाचन दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै वैशाख १७ र २७ गते तय भएको प्रतिनिधिसभा निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन पनि आह्वान गरेका छन्।
‘२०७८ वैशाख १७ गते पहिलो चरणमा प्रदेश २ , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका ४० जिल्ला र २०७८ वैशाख २७ गते दोस्रो चरणमा प्रदेश १, वाग्मती प्रदेश तथा कर्णाली प्रदेशका ३७ जिल्लामा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको कुरा स्पष्ट गर्दै पाँचौं निर्वाचन दिवस २०७७ लाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण निकाय, संघ संस्था तथा महानुभावहरूप्रति हार्दिक आभार प्रकट गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।
आयोगले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी बनाउने प्रतिबबद्धता व्यक्त गरेको छ ।