पश्चिमी वायुको प्रभावले यी क्षेत्रमा बर्षा र हिमपात

काठमाडाैं। नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले देशका केहि क्षेत्रमा बर्षा र हिमपातको सम्भावना गरेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहेको र अन्य भू९भागको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो: प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ।

राती: प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ।

अन्य सम्बन्धित समाचार:  महोत्तरीको जङ्गलमा पाँच दर्जन नीलगाई फेला