काठमाडाैं। सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियाका सबै समाचारलाई आफ्नो प्लेटफर्ममा बन्द गरेको छ।
अस्ट्रेलिया सरकारले फेसबुक र गुगलमा उपलब्ध हुने समाचारको पैसा तिर्नुपर्ने नियम लगाउने मिडिया कोड संसदबाट पारित गर्ने बताइरहेको बेला फेसबुकले यस्तो निर्णय लिएको हो।
फेसबुकको पछिल्लो कदमसँगै बिहीबारदेखि अस्ट्रेलियाका समाचार संस्थाको अपडेट उपलब्ध हुन छाडेको छ।
यस्तै बीबीसी, न्यूयोर्क टाइम्सलगायत प्रतिस्ठित समाचार संस्थाको अपडेट पनि बन्द भएको छ।