रामेछापमा विद्यार्थी बोकेको बस दुर्घटना, १७ जना घाइते

रामेछाप। रामेछापमा बस दुर्घटना हुँदा १७ जना घाईते भएका छन्। जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १ मच्छेडाँडीमा शुक्रबार बिहान बस दुर्घटना हुँदा १७ जना स्कुले बालबालिकाहरु घाईते भएका हुन्।

शुक्रबारदेखि मन्थलीमा सुरु हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन सेतिदेवी मावि सालुबाट मन्थलीतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

घाइतेहरु सबैको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचार भइरहेको छ। बा ५ ख २८५७ नम्बरको यात्रुबाहक बसमा सवार ५३ जना सवार थिए।

अन्य सम्बन्धित समाचार:  अक्सिजनसहित आइसोलेशन केन्द्र सञ्चालन