विप्लवलाई मूलधारको राजनीतिमा आउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई मूलधारको राजनीतिमा आउन आग्रह गरेका छन्।

प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिँसात्मक गवितिधि गरिरहेका तत्वहरुलाई शान्तिपूर्ण मूलधारमा आउन आग्रह गरेका हुन्।

उनले विप्लव समूहलाई सरकारी वार्ता टोलीसँग संवादमा आउन आग्रह गरेका छन्।

उनले सरकारले लोकतन्त्रको बाटो नबिराउने भन्दै जनताको अभिमत भन्दा बाहिर नजाने बताएका छन्।

अन्य सम्बन्धित समाचार:  नेकपा र सूर्य चिन्ह हाम्रै होः प्रचण्ड