अशोक लेलैण्डका बसहरूको च्यासिस हस्तान्तरण

काठमाडौं। आइएमई ग्रुप अन्तर्गत संचालित अशोक लेलैण्डले भिकिङ–२२२ मोडलका बसका ग्राहकहरुलाई च्यासिसहरु हस्तान्तरण गरेको छ।

बुधबार काठमाडौंमा आयोजित एक कायक्रमका बीच लैलेण्डले व्यावसायिक भ्रमणका लागि नेपाल आएका, प्रेसिडेन्ट इन्टरनेश्नल अपरेशन संजय सारस्वत र सार्क राष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रबाट संयूक्त रूपमा उक्त च्यासिसहरू हस्तान्तरण गरेको हो।

हस्तानान्तरण कायक्रममा प्रेसिडेन्ट संजय सारस्वतले १० वटा बस एकैसाथ हस्तान्तरण गर्न पाउँदा ज्यादै खुशी लागेको बताउँदै आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाउनु कम्पनीका लागि अर्को महत्त्वपूर्ण प्रगती भएको उल्लेख गरे ।

नेपालमा भिकिङ–२२२ को बजारलाई अझै बिकास गर्दै आक्रमक बनाउन सहयोग गर्नु भएकोमा ग्राहकहरुलाई प्रेसिडेन्ट संजयले धन्यवाद दिएका छन् । साथै आगामी दिनहरुमा भिकिङ–२२२लाई अझै बढी प्रवद्र्घन गरी सहयोग गरिदिन प्रेसिडेन्ट संजयले अनुरोध गरे।

अन्य सम्बन्धित समाचार:  गलत औषधिले माछा मरेको भन्दै क्षतिपूर्ति माग

भिकिङ–२२२, रुट बसमा चल्ने बस मध्ये सबैभन्दा धेरै रुचाईएको बस हो। यसमा इनलाईन फ्युल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेको छ जस्ले गर्दा इन्धन खपत कम हुन्छ।

साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ। भिकिङ–२२२मा ओभर ड्राईभ गियर बक्सले काम गर्ने भएकाले १८० एच पी इन्जिनको साथमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिन्छ।

रियर एर सस्पेन्शन, डाईरेक्ट ड्राइभ एसी, इनलाईन फ्युल पम्प साथै धेरै माइलेजले गर्दा यो गाडी अरु गाडीभन्दा फरक र बिश्वासिलो रहेको छ।