काठमाडौं। प्रचण्ड–नेपाल नेतत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सदस्यहरुलाई नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा उपस्थित हुन उर्दी जारी गरेको छ।
केन्द्रीय सदस्य हिमाल शर्माका अनुसार सवै सदस्यहरुलाई नागरिकताको प्रमाणपत्रसहित शुक्रबार १२ बजेभित्र पार्टी कार्यालय पेरिसडाँडामा उपस्थित हुन भनिएको हो।
नेकपाका अर्का नेता कृष्णभक्त पोखरेलले निर्वाचन आयोगले पार्टीका बहुमत सदस्य रहेको प्रचण्ड–माधव पक्षलाई आधिकारिकता दिन आनाकानी गरेपछि बहुमत केन्द्रीय सदस्यहरु नागरिकतासहित स–शरीर पार्टी मुख्यालय बोलाइएको जानकारी दिए।
शुक्रबार दिउँसो १२ बजेसम्म सबै केन्द्रीय सदस्य पार्टी कार्यालयमा जम्मा हुन भनिएको पोखरेलको भनाइ छ।