विद्यालय तहका सहयोगी सामग्री लेखनका लागि केन्द्रले आवेदन माग

काठमाडाैं। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय तहका सहयोगी सामग्री लेख्ने विज्ञहरु छनोटका लागि आवेदन माग गरेको छ।

कक्षा ११ का अनिवार्य अंग्रेजी, नेपाली र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयका खुला शिक्षातर्फका स्वाध्ययन सामग्रीहरू र अनौपचारिक शिक्षा तथा जीवनपर्यन्त सिकाइ अन्तर्गत राष्ट्रिय योग्यता प्रारुपमा उल्लेख भएबमोजिमका विषयगत नमूना सिकाइ सामग्रीहरू तयार गर्न विज्ञ सूची छनोट गर्न लागिएको हो।

केन्द्रले सूचना प्रकाशित गर्र्दै सात दिन भित्र योग्यता पुगेका नागरिकबाट आवेदन माग गरेको हो।

अन्य सम्बन्धित समाचार:  प्रचण्डले लगाए कोरोनाविरुद्दको खोप