लद्दाखमा भएको हिंसात्मक झडपमा आफ्ना ५ सैनिक मारिएका चीनद्वारा स्वीकार

काठमाडौं। चीन भारत सीमावर्ती क्षेत्र लद्दाखको गलवान घाँटीमा भएको भारतीय सेना र चिनियाँ सेनाबीचको झडपमा आफ्ना पाँच सैनिक मारिएका चीनले स्वीकार गरेको छ। चीनले यो स्वीकार करिव ८ महिनापछि गरेको हो।

लद्दाखमा गत वर्ष १५ जूनको राती हिंसात्मक झडप भएको थियो। यसमा भारतका २० जना सैनिकको मारिएका थिए। चीनको सरकारी मिडियाले सेन्ट्रल मिलिट्री कमीशनले शुक्रवार भारतसँगको उक्त झडपमा पाँच सैनिकको ज्यान गुमाएको जनाएको छ।

अन्य सम्बन्धित समाचार:  म्यानमारमा २ जना प्रदर्शनकारीको मृत्यू