भागरथीको शव आफन्तले बुझे

बैतडी। बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव आफन्तले बुझेका छन्। मृत्यु भएको १७ औँ दिनमा भागरथीको दाहसंस्कार गर्न लागिएको जनाइएको छ। अबको केही समयपछि भागरथीको सेरास्थित महाकाली आर्यघाटमा दाहसंस्कार गरिनेछ। अहिले शवयात्राको तयारी भइरहेको छ। शवयात्राका लागि स्थानीय जिल्ला अस्पतालमा भेला भएका छन्।

जिल्ला अस्पताल पुगेका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मृतक भागरथीका परिवारलाई राहतका लागि स्थानीय र प्रदेश सरकारसँग अनुरोध गर्ने जानकारी दिएका छन्। यसअघि प्रदेश सरकारले भट्ट परिवारलाई पाँच लाख राहत दिने निर्णय गरेको थियो। एक साता लामो प्रहरी अनुसन्धानपछि भट्टको हत्या आरोपमा उनकै छिमेकी दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको थियो। भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई बलात्कारपछि हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ।

अन्य सम्बन्धित समाचार:  सरकार र विप्लव पक्षबीचको ३ बुँदे सहमतिमा हस्ताक्षर