एमिकस क्युरीको बहस सकियो

काठमाडौं। प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा एमिकस क्युरीको बहस सकिएको छ। वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय सुझाव दिएसँगै ५ सदस्यीय क्युरीको बहस आज सकिएको हो। पाठकले पुनर्संरचना पुनस्र्थापनाको राय दिइन। उनले बहुमतको प्रधानमन्त्रीले प्रक्रिया पूरा नगरेको भन्दै उनले ७६ ९७० मा चक्र पूरा गर्न दिनपर्ने राय दिइएकी छिन्।

संवैधानिक इजलासलाई सुझाव दिन गठित क्युरीमा बरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, शतसशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन्। एमिकस क्युरीको राय सुझाव बहस सकिएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोमबारसम्म बहस नोट बुझाउने समय तोकेका छन्। बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन् । यसअघि पक्ष र विपक्षका वकिलहरूले विघटन मुद्दामाथि बहस गरेका थिए।

अन्य सम्बन्धित समाचार:  देशमा पर्याप्त स्वास्थ्य उपकरण नभएकोप्रति डा. बाबुरामको चिन्ता

प्रधानन्यायाधीश जबराले फागुन ११ गतेदेखि यो मुद्दा हेर्दाहेर्दैमा हुने बताए। पुष ५ गते प्रतिनिधिसभा विघटनपछि परेका एक दर्जन मुद्दामा सर्वोच्चको संवैधानिक इजलास सुनुवाइ जारी छ। प्रधानमन्त्री केपी ओलीले गैरसंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको विपक्षी वकिलको तर्क छ।