प्रचण्ड–माधव पक्षको केन्द्रीय समितिको निर्णयः जस्तोसुकै अवस्था पनि सामना गर्न तयार

काठमाडौं। प्रचण्ड–माधव पक्ष नेकपाले जस्तोसुकै अवस्था पनि सामना गर्ने निष्कर्ष निकाल्दै केन्द्रीय कमिटीको बैठक सकिएको छ। आज पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकले अब आउने जस्तोसुकै परिस्थितिको पनि सामना गर्न पार्टी तयार हुने निष्कर्ष निकालेको हो।

पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगले श–शरीर उपस्थित हुनुपर्छ भने पनि आफूहरू तयार रहेको भन्दै आयोग र अदालत आफूहरूविरूद्ध गए संघर्षमा जाने निष्कर्ष निस्किएको नेकपा केन्द्रीय सदस्य अञ्जना विशंखेले बताइन्। विशंखेका अनुसार आज २९० जना केन्द्रीय सदस्यको नागरिकता संकलन भएको छ।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव समुह संसद सचिवालयका महासचिवसँगको भेटघाटमा