देशभर थप ९७ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै हालसम्म २ लाख ७३ हजार २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज देशभर ११४ जना कोरोना संक्रमित निको भएका छन् भने हाल देशभर १ हजार ५८३ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। त्यसैगरी आज ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म देशभर २ हजार ६१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति