कैलालीको घोडाघोडीमा ७२ वर्षीय बृद्धाको शव फेला

माेटरसाइकल

कैलाली। कैलालीको घोडाघोडी नगरपालिकामा एक महिलाको बेवारिसे शव फेला परेको छ। घोडाघोडी नगरपालिका ४ राम जानकी सामुदायिक वन भित्र सोही ठाउँकी ७२ वर्षीय परदेशिनि चौधरीको खप्पर र खुट्टा अलग भएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए।

उनका अनुसार शव सँगै लेहेङ्गा, तिलहरी र पच्चिस सय रुपैयाँ पनि भेटिएको हो। सडेको अवस्थामा भेटिएको शव जङ्गली जनवारले खाएको जस्तो समेत देखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चौधरी गत माघ २६ गते घरबाट बेपत्ता भएकी थिइन्। घटनाको थप अनुसन्धान भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  बझाङ: विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि धुली मावि बन्द