धुर्मुस सुन्तली फाउण्डेसनलाई २० लाख सहयोग

ललितपुर। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेसनबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

साथै शुक्रबार नै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन्। सो अवसरमा फाउण्डेसनका अध्यक्ष धुर्मुसले अप्ठेरो परिरिस्थतिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रंगशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको जनाए।

अन्य सम्बन्धित समाचार:  सेयर बजार ८० अंकले घट्यो