म्यानमारमा सैनिक ‘कू’: प्रदर्शनमा सहभागीमाथि सेनाले चलायो गोली, एकको मृत्यु

काठमाडौं। म्यानमारमो सुरक्षाकर्मीको गोलीबाट एक महिलाको मृत्यु भएको छ। म्यानमारमा सैनिक ‘कू’ पछि भएको प्रदर्शनमा सहभागी घाइते भएकी २० वर्षीया ती महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो।

म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले सत्ता लिएपछि प्रदर्शनकारीको मृत्यु भएको यो पहिलो पटक हो। जननिर्वाचित सरकारलाई अपदस्त गरेर सेनाले सत्ता हत्याएपछि म्यानमारमा दिनहँ जसो प्रदर्शन भइरहेका छन्।

अन्य सम्बन्धित समाचार:  डुंगा पल्टिँदा ८ जनाकोे मृत्यु