तरुण दलद्वारा स्वास्थ्य सामग्री वितरण

काठमाडौं। नेपाल तरुण दलले ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ। कोभिड–१९ को जोखिमको अवस्थामा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) मा कार्यरत स्वास्थ्यकर्मीका लागि आज एक कार्यक्रमका बीच सो सामग्री हस्तारण गरिएको हो।

अस्पतालका रजिष्ट्रार प्रा डा पारस आचार्यलाई दुई हजार ५०० मास्क, १० पिपीई सेट र २८ फेस शिल्ड हस्तान्तरण गरिएको तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले आज कोरोना खोप लगाउने