काश्मिरमा गोली चल्यो, दुई प्रहरीको मृत्यु

काठमाडौं। भारतको जम्मू–काश्मिरस्थित श्रीनगर शहरमा आज गोली चल्दा दुई प्रहरी मारिएका छन्। श्रीनगर शहरको बागत चोक इलाकामा प्रहरीको पार्टी चलिरहेका बेला गोलाबारी भएको प्रहरीले जनाएको छ। दुुई जनाको मृत्यु भएको र दुईजना घाइते भए हुन्।

आक्रमणपछि घटनास्थललाई घेरेर प्रहरीले सबैको खानतलासी गरेको छ। २४ सदस्यीय राजनीतिक प्रतिनिधिमण्डल काश्मिरको दुई दिने यात्रा गरेर फर्किएको भोलिपल्टै प्रहरीमाथि हमला भएको हो। यसअघि दुई अलग मुठभेडमा प्रहरीको गोली लागेर काश्मिरको शोपिया र बडगाम जिल्लामा तीनजना आक्रमणकारी मारिएका थिए, यसक्रममा एक प्रहरीको मृत्यु भयो भने भने अर्का एक घाइते भए।

अन्य सम्बन्धित समाचार:  बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौ घाइते