नवनियुक्त प्रमुख झाले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं। प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन्। आज साँझ शीतल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई पथ तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन्।

सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए। उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने समारोहमा सहभागी भएनन्।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले रौतहटका राजेश झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेकी थिइन्। राष्ट्रपति भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गरेकी थिइन्।

अन्य सम्बन्धित समाचार:  केपी ओली कुहिएको अण्डा हुन्: प्रचण्ड