गृहमन्त्री बन्दैछ भनेर मेरो चरित्र हत्या गर्ने प्रयत्न गरियोः वामदेव गौतम

काठमाडौं। पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू गृहमन्त्री बन्ने भन्ने समाचार गलत, भ्रामक र दूराशययुक्त भएको बताका छन्। केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी सरकारको उप तथा गृहमन्त्री बन्न गौतमलाई प्रस्ताव गरेको समाचार सार्वजनिक भएको थियो। संयोजक गौतमले आफ्नो चरित्र हत्या गर्ने दुष्ट प्रयत्नस्वरुप यसप्रकारको हल्ला चलाइएको बताए। आज साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै संयोजक गौतमले यस किसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्न सबैमा आग्रह गरेका छन्।

पार्टीमा आएको फुटपछि तत्कालीन नेकपाका उपाध्यक्ष समेत रहेका गौतम कुनै पनि समूहमा नलागी पार्टी एकता राष्ट्रिय अभियान सञ्चालनमा छन्। नेकपाका ओली, प्रचण्ड–नेपाल समूहले गौतमलाई आफ्नो पक्षमा ल्याउने प्रयत्न गरे पनि गौतम अहिलेसम्म कुनै पनि समूहमा गएका छैनन्।

अन्य सम्बन्धित समाचार:  नेकपा नफुटेसम्म कुन समुहमा लाग्ने भन्ने टुंगो लाग्दैन: कांग्रेस