काठमाडौं। मन्त्रिपरिष्दको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन्।
तर, परियारलाई पदमुक्त गर्नुको कारण भने खुलाइएको छैन। राजनीतिक दलहरुले राष्ट्रपतिको यो कदमको विरोध गरेका छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको राष्ट्रपति कार्यलयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए।
राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा शुक्रबारै राजेश झालाई प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गरेकी छिन्। झाले शुक्रबारै शपथ लिएका छन्। राजेश अहिराजका रुपमा चिनिने झाले आफैँ प्रकाशक तथा सम्पादक रहेको पत्रिका मधेशवाणीमा तत्कालीन भूमिगत समूहमा भर्ना खुलेको भन्दै विज्ञापन छापेका थिए।
यही विषयमा राज्यविरुद्धको अपराधमा उनी गिरफ्तार परेका थिए। भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (गोइत समूह) को सशस्त्र समूहमा भर्ना खुलेको भन्दै विज्ञापन छापेका थिए।