इंग्लिस क्लब आर्सनलका मिडफिल्डर विलियनमाथि सामाजिक सञ्जालमार्फत रंगभेदी आक्रमण भएको छ ।
३२ वर्षका ब्राजिलियन खेलाडी विलियनले आफूलाई आएको रंगभेदी म्यासेजको स्क्रीनसट इन्स्टाग्राममा साझा गरेका हुन् ।
रंगभेदी तथा घृणा फैलाउनेहरुलाई खेलको कुनै पनि पक्षलाई त्यस अनुसार सामान्यीकरण गर्न नदिने आर्सनलले जनाएको छ ।
यसअघि म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सलले पनि यस्तै खालको रंगभेदी म्यासेज पाएका थिए ।