आत्मघाती गोलले लीड्स स्तब्ध

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेमला वुल्भ्स विजयी भएको छ।

घरेलु मैदानमा भएको खेलमा वुल्भ्सले लीड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो। वुल्भ्सको जितमा गोल भने लीड्सले गरेको हो।

लीड्सका मेस्लिएरले ६४ औँ मिनेटमा गरेको आत्मघाती गोल नै वुल्भ्सको जित र भ्रमण टोलीको हारको कारण बन्यो।

लीड्सका लागि खेलको अन्तिम समयमा प्याट्रिक बामफोर्डले बराबरी गोल गरेका थिए, तर सो गोलले मान्यता पाएन।

जितपछि २५ खेलबाट ३३ अंक जोडेको वुल्भ्स ११ औँ स्थानमा उक्लिएको छ। २४ खेलबाट ३२ अंकसहित लीड्स १२ औँ स्थानमा छ।

अन्य सम्बन्धित समाचार:  रोमाञ्चक जितसँगै बार्सिलोना फाइनलमा