बर्दियामा टिप्परको ठक्करबाट एकजनाकाे ज्यान गयो

बर्दिया। बर्दियामा टिप्परको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ।  जिल्लाको ठाकुरबाबा नगरपालिका५ शाहीपुर बजारमा भुरिगाउँ गुलरिया हुलाकी सडकखण्डमा भे १ क १४८८ नम्बरको टिप्परको ठक्करबाट भे १० प २६४७ नम्बरको मोटरसाइकल चालक कोहलपुर ८ घर भइ नेपाली सेनामा कार्यरत नवराज बुढाथोकीको ज्यान गएको हो।

मोटरसाइकललाई ठक्कर दिए लगत्तै टिप्पर भागेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलदेखि झण्डै ५ किलोमिटर पश्चिम बेलुवा माचड चोक नजिक टिप्पर छाडेर चालक भागेका जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हेम शाहीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  सहायक प्रधानाध्यापक आफ्नै घरको आँगनमा मृत भेटिए