सरकारद्वारा सबै स्तरका होटल तथा बुटिक होटललाई संकेत चिन्ह प्रदान

काठमाडौं। सरकारले मुलुकभरमा रहेका सबै प्रकारका होटलहरुमा सरकारी निशान छाप अंकित संकेतहरु राख्नुपर्ने नियम ल्याएको छ। सरकारले सबै होटललाई अनिवार्य रुपमा आफ्नो वर्गीकरणअनुसारको संकेतहरु देखाउनुपर्ने बाध्यकारी नियम ल्याएको हो।

सरकारको यो नियमसँगै अब सबै होटलहरुको साइनबोर्डमा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको चुच्चे नक्सा अंकित निशान छाप देख्न पाइनेछ।

यो प्रावधान छिटै सबै होटलहरुमा लागू हुने पर्यटन विभागले जनाएको छ। पर्यटन विभागले सबै स्तरका रिसोर्ट, तारे स्तरका होटल र पर्यटकीय सबै स्तरका होटल र पर्यटकीय सबै स्तरका बुटिक होटलका लागि पहिलोपटक संकेतहरु निर्धारण गरेको हो।

अन्य सम्बन्धित समाचार:  बहुविवाह गरेको ६ वर्षपछि एक जना पक्राउ