पश्चिमी देशहरूको इरानलाई परमाणु हतियार बनाउन नदिने संकल्प

फागुन। पश्चिमी देशहरूले इरानलाई परमाणु हतियार बनाउन नदिने संकल्प गरेका छन्। पेरिसमा बेलायत, फ्रान्स तथा जर्मनीका विदेशमन्त्रीहरूका बीचमा भएको बैठकले उक्त निर्णय गरेको हो।

अमेरिकी प्रशासनले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौताका शर्तलाई फेरि स्वीकार्न सकिने संकेत गरेपछि ती देशका विदेशमन्त्रीहरूको बीचमा छलफल भएको हो। तर इरानले भने अमेरिकाले आफूमाथि लगाएको आर्थिक प्रतिबन्ध फुकुवा भएपछि मात्रै उक्त सम्झौता पालना गर्ने जनाएको छ।

अन्य सम्बन्धित समाचार:  इक्वेडरमा जेलमा भएको दङ्गामा कम्तीमा ७५ जनाको मृत्यु