सोनी र लक्ष्मणलाई लिगलिगे साईकल दौडको उपाधि

काठमाडौं। लिगलिगे साईकल दौडको खुलातर्फको उपाधि सोनी गुरुङ र लक्ष्मण मल्लले जितेका छन्। धादीङकी सोनीले महिलातर्फ १३औं सागको स्वर्ण बिजेता खेलाडी लक्ष्मी मगरलाई पछि पादै उपाधि जितेकी हुन।

उनले पहिलो स्थानका लागि २ घण्टा ५६ मिनेट ७ सेकेन्ड समय खर्चर निर्धारित ५२.९ किलोमिटरको दूरी पार गरेकी थिईन्। दोश्रो स्थानमा रहेकी नुवाकोटकी लक्ष्मीले ३ घण्टा २ मिनेट ९ सेकेन्डमा दूरी पार गरेकी थिईन। गोरखाकी उषा खनालले ३ घण्टा ९ मिनेट २ सेकेन्डमा निर्धारित दुरी पार गदै तेश्रो स्थान हाँसिल गरिन्।

त्यसैगरी पुरुष खुलातर्फको उपाधि बिजेता धादिङका लक्ष्मणले २ घण्टा २२ मिनेट ५५ सेकेन्ड समय खर्चर निर्धारित ५२.९ किलोमिटरको दूरी पार गरेक थिए। दोश्रो स्थानमा रहेका कन्चनपुरका हिमाल टमटाले २ घण्टा ३१ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दा तेश्रो स्थानमा रहेका ललिपुरका ओकेश बज्रचार्यले निर्धारित दुरी पार गर्न २ घण्टा ३६ मिनेट ५६ सेकेन्डको समय खर्चेका थिए।

अन्य सम्बन्धित समाचार:  ‘बी’ डिभिजन लिगः टुसाल र नयाँबस्ती बराबरीमा रोकिए