श्रीमानले गरे श्रीमतीको हत्या

माेटरसाइकल

दोलखा। दोलखाको कालिन्चोक गाउँपालिका–६, लापिलाङमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। आज बिहान करिब साढे २ बजे २७ वर्षीय हिमाल थामीले खुकुरी प्रहार गरेर २१ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका जनाइएको छ।

खुकुरी प्रहारबाट श्रीमतीको टाउको तथा शरिरका विभिन्न भागमा गहिरो चोट लागेर ओछ्यानमै मृत्यु भएको हो। हत्या गरेर भाग्न लागेका थामीलाई बिहान करिब साढे ५ बजे कालिञ्चोक गाउँपालिका–७, स्थित सिसागोलाईबाट पक्राउ गरिएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए।

प्रहरी निरीक्षक कोइराका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। केहि वर्ष अघि हिमाल थामीकी पहिलो श्रीमतीले झुण्डिएर आत्महत्या गरेको स्थानीयले जनाएका छन्।

अन्य सम्बन्धित समाचार:  चितुवाको आक्रमणबाट बालक घाइते