काठमाडौं। समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, कानून र लोकतन्त्र विरुद्ध खड्ग प्रहार गरिरहेको टिप्पणी गरेका छन्।
उनले आज ट्वीट गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध खड्ग प्रहार गरिरहँदा अरु तमासे बनिरहने भन्दै प्रश्न समेत सोधेका छन्। उनले लेखेका छन्, ‘खड्गप्रसादले संविधान÷कानून÷लोकतन्त्र विरूद्ध खड्ग प्रहार गरिरहने अरू तमासे बनिरहने? प्रतिनिधिसभा विघटन संवैधानिक परिषद् वस्तुत विघटन र खल्तीबाट आयोगहरू पूर्ति! प्रदेशप्रमुख बर्खास्त! सचिव र कर्मचारीहरूको पजनी! फाष्ट ट्र्याक,तल्लो अरूण झ्वाम्म ! नभुलौं हिटलर लोभी रकायरकै काँध चढेर आएको थियो।”
खड्गप्रसादले संविधान/कानून/लोकतन्त्र विरूद्ध खड्गप्रहार गरिरहने;अरू तमासे बनिरहने?प्रतिनिधिसभा विघटन!संवैधानिक परिषद् वस्तुत विघटन र खल्तीबाट आयोगहरू पूर्ति!प्रदेशप्रमुख बर्खास्त!सचिव र कर्मचारीहरूको पजनी!फाष्टट्र्याक,तल्लो अरूण झ्वाम! नभुलैौ-हिटलर लोभी/कायरकै काॅध चढेर आएको थियो
— Baburam Bhattarai (@brb1954) February 20, 2021