३१ लाख नगदसहित १७ जुवाडे पक्राउ

पाैने

काठमाडौं। ललितपुर महानरगरपालिका वडा नम्बर २६ सुनाकोठीमा जुवा खेलिरहका १७ जनालाई नगदसहित पक्राउ परेका छन्। शुक्रबार सुनाकोठीस्थित अजय महर्जनको ४ तले पक्की घरको दोस्रो तलामा जुवा खेलिरहेका उनीहरूलाई प्रहरीले ३० लाख ८४ हजार ४ सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो। साथै उनीहरुको साथबाट १९ बुक तास, १६ थान कौडा, तास खेल्दा प्रयोग गर्ने क्यारेमको गोटी ५ थान र १५० थान सिमीको दाना पनि बरामद भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए।

अवैध रुपमा तास खेलेको सूचनाका आधारमा परिसरबाट प्रहरी निरीक्षकहरू पोषणराज थपलिया र सुरेशराज भट्टको कमान्डमा ३५ जनाको टोली खानतलासीमा खटिएको थियो। पक्राउ परेकाहरूलाई परिसरमै राखिएको र अनुसन्धान जारी रहेको पनि प्रहरी उपरीक्षक महर्जनले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  विसं २०७८ मा तीन दशैँ

पक्राउ पर्नेमा ललितपुर बस्ने क्रमसः रामबहादुर लामा, प्रकाश भण्डारी, लव कुमार बस्नेत, राकेश महर्जन। दिनेश पुडासैनी, हिटलर श्रेष्ठ, अनिल महर्जन, श्रीकृष्ण खड्का, तुलसी राम महर्जन, सानु कान्छा महर्जन, पुर्ण श्रेष्ठ, विनोद प्रसाद घिमिरे, पुर्ण मान माली, सानुकान्छा बस्नेत, राम खत्री, विनोद महर्जन, चिरीकाजी महर्जन रहेका छन्।