६ लाख घुससहित मालपोतका सुब्बा सा’प पक्राउ

बारा। मालपोत कार्यालय बाराका कार्यालय प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ६ लाख रुपैयाँ अतिरिक्त रकम (घुस) सहित पक्राउ गरेको छ।

शनिवार प्रेस विज्ञप्ति जारी गर्दै खनाल र बडाललाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए। ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनेर छिटो पास गराइदिने प्रलोभन देखाएर घुस रकम लिएको अख्तियारले जनाएको छ।

‘सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराइदिने र उक्त काम गरिदिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले सेवाग्राहीसँग ६ लाख रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा दुवै जनालाई मिति २०७७र११र०७ गते जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित जर्गा होटलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ,’ अख्तियारको विज्ञप्तिमा उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  टिपरको ठक्करबाट एक जनाको मृत्यु