शेरबहादुर तामाङ र उषाकला राई ओली पक्षमा

काठमाडौँ। पूर्वकानुनमन्त्री तथा नेकपा नेता शेरबहादुर तामाङ र उषाकला राई नेकपा ओली पक्षमा प्रवेश गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव पक्षतिर लागेका तामाङ दम्पत्ति पुन ओली पक्षमा लागेका हुन्। प्रचण्डलाई नेता मान्न नसकिने निष्कर्षका साथ शुक्रबारदेखि उनीहरू ओली पक्षमा फर्किएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

दुई महिनाअघि प्रधानमन्त्री ओली पक्षबाट दाहाल–नेपाल पक्षतर्फ लागेका उनीहरू ओली समूहमै फर्किएका हुन्। नेता तामाङ सिन्धुपाल्चोक प्रतिनिधिसभा २ बाट निर्वाचित सांसद हुन् भने राई प्रदेश १ को प्रदेशसभा सांसद हुन्।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीद्वारा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन