‘हावा डाँडैमा’ सार्वजनिक

काडमाडौं।रवीना परियार र सन्देश रिजालको स्वरमा रहेको लोक दाहोरी गीत ‘हावा डाँडैमा’ आज सार्वजनिक भएको छ। गीतको शब्द निर्मल परियार, सङ्गीत सूर्यमणि आचार्य, सङ्गीत संयोजन विष्णु तामाङ, मिक्सिङर मास्टरिङ कुमार सानु, रेकर्डिङ सागर पुनले गरेका छन्।

डिएआर मुभिजको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको भिडियोमा सञ्जिव ठकुरीको निर्देशन छ भने सञ्जिव स्वयं र करिश्मा ढकालको अभिनय रहेको छ। छायाङ्कन प्रकाश खड्काको रहेको छ भने सम्पादन राजकुमार मगरले गरेका छन्। गायिका रविनाले चाडपर्व, मेला महोत्सवमा गाउन मिल्ने शैलीमा गीत तयार पारिएको बताइन्।