प्रधानमन्त्रीले आज महत्त्वपूर्ण घोषणा गर्नेः सुवास नेम्वाङ

काठमाडौं। नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री केपी ओलीले महत्त्वपूर्ण घोषणा गर्ने बताएका छन्। आज विराटनगरमा जारी आमसभालाई सम्बोधन गर्दै नेता नेम्वाङले यस्तो बताएका हुन्।

‘प्रधानमन्त्रीज्यूको सदाझै उज्यालो अनुहार, केही समाचार सुनाउ–सुनाउ झै अनुहार थियो तर विमानस्थलमा भनिहाल्नुभएन,’ उनले भने, ‘यो भव्य सभामा हामीलाई कुनै सूचना सुनाउन चाहनुभएको छ। कुनै महत्त्वपूर्ण सूचना हामीलाई सुनाउनुहुन्छ झै लागेको छ। के सूचना सुनाउनुहुन्छ भनेर पर्खिरहेको छु।’

नेता नेम्वाङले नेपाली जनताले निर्वाचन चाहेको बताउँदै जनताले निर्वाचन हुने फैसला सुनाइसकेकाले सर्वोच्च अदालतले सुनाउन बाँकी रहेको जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  सरकारको नेतृत्व परिवर्तन हुँदैन: मुख्यमन्त्री राई